अमेरिकामा ‘रातो घर’ प्रिमियर, आस्थादेखि नलिनाले हेरे फिल्म

नेपालमा प्रदर्शन मिति तय नभएको चलचित्र ‘रातो घर’को प्रिमियर अमेरिकामा गरिएको छ । अमेरिकाको सान फ्रान्सिस्कोमा गरिएको चलचित्रको शोमा निर्देशक सुरज सुब्बा सहभागी थिए । करिब २५० जना दर्शकले चलचित्र हेरेको सुरजको भनाई छ । हिमालयन फेस्टिबल यूएसएले चलचित्रको शो आयोजना गरेको हो ।

चलचित्र हेर्नका लागि गायिका आस्था राउतदेखि नलिना चित्रकार, सुधांश जोशी, केशव कार्की, मनोज राँठी, सुमन गैरै लगायत सहभागी थिए । अमेरिकाका विभिन्न शहरमा यो चलचित्रको शो हुने निर्देशक सुब्बाको भनाई छ ।
विल्सन विक्रम राई र सुरज सुब्बाले मिलेर बनाएको यो चलचित्रले लागूपदार्थको कथा भन्छ । चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहाडी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ ।

चलचित्र हेरेपछि अमेरिकामा रहेका दर्शकले राम्रो प्रतिक्रिया दिएको निर्देशक सुब्बाले बताए । उनले अमेरिकामा प्रदर्शन पश्चात चलचित्र नेपालमा देखाइने जानकारी दिएका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects