उमर अब्दुल हमिद करामी
लेबनानका वरिष्ठ राजनीतिज्ञ तथा दुई पटक प्रधानमन्त्री भैसकेका उमर अब्दुल हमिद करामीको ८० वर्षको उमेरमा जनवरी १ मा निधन भयो ।
जोजेफ ओलेस्की
पोल्यान्डका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी गठनबन्धनका नेता ओलेस्कीको जनवरी ९ मा ६८ वर्षको उमेरमा निधन भयो ।
गुन्टर ग्रास
विश्व प्रसिद्ध जर्मन कवि तथा साहित्यकार गुन्टर ग्रासको १३ अप्रिलमा ८७ वर्षको उमेरमा देहान्त भयो । सन् १९९९ मा नोबेल पुरस्कारद्वारा सम्मानित ग्रासका दर्जनौं विश्व चर्चित कृति छन् ।
सिस्टर निर्मला
मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको २२ जुनमा ८१ वर्षको उमेरमा निधन भयो ।
डा. अब्दुल कलाम
गणतन्त्र भारतका एघारौं राष्ट्रपति डा. अब्दुल कलामको ८४ वर्षको उमेरमा २७ जुलाईमा निधन भयो ।
सइद जाफरी
हिन्दी चलचित्र तथा ब्रिटिस रंगमञ्चका चर्चित कलाकार सइद जाफरीको ८६
वर्षको उमेरमा १५ नोभेम्बरमा निधन भयो ।
रवीन्द्र जैन
भारतीय चलचित्रका संगीतकार तथा गीतकार रवीन्द्र जैनको ७१ वर्षको उमेरमा ९ अक्टुबरमा
निधन भयो ।
मुल्लाह ओमार
अफगानी तालिबानका नेता मुल्लाह ओमारको अगस्ट २ मा निधन भयो ।
दिमितार लिऐभ पोपोभ
बुल्गेरियाका प्रथम प्रधानमन्त्री तथा न्यायाधीश पोपोभको ८८ वर्षको उमेरमा डिसेम्बर ५ मा निधन भयो ।
जवार अलताफ
पाकिस्तानका पूर्व क्रिकेटर, अर्थशास्त्री तथा प्रशासक जवार अलताफको ७४ वर्षको उमेरमा डिसेम्बर ५ मा निधन भयो ।



0 comments:
Post a Comment