- सरस्वती कटुवाल
पछिल्लो समय फेसन डिजाइनमा व्यवसायिक भविष्य देख्ने युवाहरूको दायरा अझ फराकिलो हुँदै गएको छ । यसकै एक उदाहरण हुन्— डिजाइनर राधा गिरी । २१ वर्षीया डिजाइनर गिरी न्युरोडस्थित टिपाज क्रियसनमा कार्यरत छिन् । अहिले बजारमा चलेका र लोकप्रिय मानिएका गाउनका बारेमा गिरीसंग गरिएको कुराकानी:
गाउनमा महिलाहरू आकर्षित हुनुको कारण के होला ?
प्रथमत: लगाउन सजिलो पहिरन भएकाले पनि हो । दोस्रो, यो आधुनिक पहिरनका रूपमा पनि लोकप्रिय छ ।गाउन के–कस्ता डिजाइनका हुन्छन् ?धेरै डिजाइन हुने भएका कारण पनि महिलाहरूले गाउन रुचाएका हुन् । फिसकट, नि तथा सर्कुलर स्टाइल, पायनल गाउन, वानसाइड गाउनजस्ता विभिन्न डिजाइनका गाउन अहिले फेसनमा छन् ।
अहिले नेपालमा चलेको गाउन कुन हो ?
सबैभन्दा चलेको वान साइड गाउन नै हो । अहिलेका सामान्य युवतीदेखि सेलिब्रिटिसम्मले आफूलाई ग्ल्यामरस देखाउन वान साईड गाउन रुचाउन थालेका छन् । यो गाउन फिगर सुहाउँदो हुने भएकाले पनि लोकप्रिय भएको हो ।
गाउन डिजाइन गर्दा ध्यान दिनुपर्ने कुरा के हो ?
प्यानल बनाएर कटिङ, स्टिच गर्ने क्रममा निकै संवेदनशिल हुनुपर्छ । त्यसपछि, फिनिसिङमा सतर्कता अपनाउनुपर्छ ।
कुन–कुन फेब्रिक तथा रंगका गाउन आकर्षक मानिन्छन् ?
सिफन, जर्जेट, भेल्भेट, स्याटर्नजस्ता फेब्रिकमा तयार पारिएका गाउन उपयुक्त मानिन्छन् । यसैगरी अहिले चलेका रंग रातो, सेतो, नीलो तथा हरियो हुन् ।



0 comments:
Post a Comment